धनगढी–अवैध काठसहित कञ्चनपुरबाट सशस्त्र प्रहरीले डेढ लाख बढिको सामान बरामद गरेको छ। २० क्युफिट सिसौको काठ, माछा र यमाहा मोटरसाइकल गरी १ लाख ७० हजार बराबरको अवैध सामान बरामद गरिएको प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले बताए ।
सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका सशस्त्र प्रहरी निरीक्षक त्रिभुवन विष्टको नेतृत्वमा खटिएको टोलीले लाल झाडी गाउँपालिकाको चानदेव र बिओपि ब्रह्मदेवबाट सशस्त्र प्रहरी निरीक्षक निरक बहादुर शाही नेतृत्वको टोलीले अवैध सामान बरामद गरेको हो।