धनगढी–धनगढीमा थप एक कोरोना भाइरसका सङ्क्रमितको मृत्यु भएको छ । धनगढी– ३ मिलन चोकका ८० वर्षीय वृद्धको सोमबार उपचारका क्रममा कोभिड अस्थायी अस्पतालमा क्रममा सोमबार मृत्यु सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । उनी कडा निमोनिया र श्वास प्रश्वासबाट ग्रसित थिए ।
उनको गोदावरी आर्यघाटमा नेपाली सेनाले अनतेष्टि गरेको छ ।
तेघरीस्थित भवानी दल गणबाट सह–सेनानी नबल सिंह रोकायाको कमान्डमा खटिएको तालिम प्राप्त सैनिक टोलीले धार्मिक परम्परा बमोजिम शव अन्त्येष्टि गरेको हो ।