कञ्चनपुरको कृष्णपुरमा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु

Accident
फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

कञ्चनपुर–कञ्चनपुरको कृष्णपुरमा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ। 

पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कृष्णपुर नगरपालिका –५ मा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका दुई जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

मोटरसाइकल चालक कृष्णपुर नगरपालिका २ वाणीका अन्दाजी ३५ वर्षीय जनक बोहराको सेती प्रादेशिक अस्पताल र धनगढीको गोदावरी राईस मिल नजिक बस्ने २५ वर्षीय मोटरसाइकल चालक आशिष जोशीको निशर्ग अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

सोही मोटरसाइकल दुर्घटनामा परि कैलालीको लम्की चुहा नगरपालिकाका निश्चल राठोर र अभिषेक चुनारा घाइते भएका छन्। उनीहरुको उपचार भइरहेको छ । 

प्रकाशित:
2021/01/15, 8:18