डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

Accident
सुदूर प्रेस संवाददाता

डडेल्धुरा– डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मंगलबार  जिल्लाको अमरगढी नगरपालिका–२ कुस्मालीमा ट्याक्टर दुर्घटना भएको हो। 

दुर्घटनामा सोही ठाउँका ३५ वर्षीय गणेशबहादुर ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। दुर्घटना अन्य पाँच जना घाइते भएका छन्।

घाइते हुनेमा अमरगढी–२ का ३५ वर्षीय सरेश भट्ट, सोही ठाउँका ३२ वर्षीय तीर्थ केसी, ३५ वर्षीय सुरेश भट्ट, ५० वर्षीय दलबहादुर थापा र ट्याक्टर चालक शुक्लाफाँटा नगरपालिका –६ कञ्चपुरका ४० वर्षीय रामभरोसा राना रहेको प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।

उनका अनुसार घाइतेहरुको उद्धार गरी डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। जिल्ला सदरमुकामबाट कुस्माली गाउँ जाँदै गरेको से१त ३८१३ नम्बरको ट्याक्टर ओरालो कच्ची सडकबाट केही तल खसेको छ।

प्रकाशित:
2021/01/20, 7:30