दिल्लीले सन्दीपलाई फुकुवा गर्ने

sandeep
सुदूर प्रेस संवाददाता

एजेन्सी – आगमी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) को लागि नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गर्ने भएको छ ।

दिल्लीले यस संस्करणको आइपिएलमा सन्दीपलाई कुनैपनि खेलमा मौका दिएको थिएन । इएसपिएनक्रिकइन्फोका अनुसार दिल्लीले सन्दीपसँगै इंग्ल्यान्डका ओपनर जेसन रोय र भारतीय तीव्र गतिका बलर मोहित शर्मालाई टोलीबाट फकुवा गर्ने निर्णय गरेको छ ।

दिल्लीले सन्दीपलाई सन् २०१८ को अक्सनमा ३२ लाख नेपाली रुपैयाँमा टोलीमा अनुबन्ध गरेको थियो । त्यसवर्ष सन्दीपले ३ खेलमा मौका पाउँदा ५ विकेट लिएका थिए । सन् २०१९ को आइपिएलमा सन्दीपले ६ खेलमा ८ विकेट लिएका थिए । समग्रमा सन्दीपले ९ खेलमा १३ विकेट लिएका थिए ।


योसँगै सन्दीपलाई आगमी संस्करणको आइपिएल अन्य टोलीबाट खेल्ने बाटो खुलेको छ । सबै फ्रेन्चाइज टोलीले फुकुवा हुने र अनुबन्ध हुने खेलाडीको नाम आज औपचारिक रुपमा सार्वजनिक गर्दैछन् । आइपिएल अक्सन फेब्रुअरी दोस्रो साता हुने छ ।

दिल्लीले अष्ट्रेलिया अलराउन्डर मार्कस स्टोइनिसलाई टोलीमै राख्ने भएको छ । तीव्र गतिका बलर ड्यानियल साम्सलाई रोयल च्यालेन्जर्स बेंगलोरलाई बेचेको छ । साम्सले गतवर्ष जेयस रोयको स्थानमा दिल्लीबाट खेलेका थिए । स्टोइनिसले २०२० मा सर्वोत्कृष्ट प्रर्दशन गरेका थिए । स्टोइनिसले ३ सय ५२ रन बनाउनुको साथैं १३ विकेट लिएका थिए ।

प्रकाशित:
2021/01/20, 8:02