धनगढीका युवकको हत्या गरेर फरार रहेका चार जना पक्राउ

pakrau
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीका दुखराम चौधरीको हत्यामा फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका-६ जालीका २५ चौधरीको हत्यामा फरार रहेका सोही वडाका ३५ वर्षीय सियाराम चौधरी, ३३ वर्षीय टेकुवा भन्ने टिकाराम चौधरी, ३१ वर्षीय सुनिल भन्ने कालुराम कुमाल र ३३ वर्षीय तारा भन्ने तारा प्रसाद चौधरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।

२०६२ साल साउन ११ गते राति बेपत्ता भएका दुखराम १२ गते बिहान धानको खेतबारीमा मृत फेला परेका थिए।

पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको थियो। सो समयमा उनीहरू पक्राउ पर्न सकेका थिएनन्।

प्रकाशित:
२०७७ माघ १३, ०३:४८
SPA
KN
Priya Gahana Pasal