खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य बढ्यो

petrol
सुदूर प्रेस संवाददाता

काठमाडौँ–नेपाल आयल निगमले खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। 


निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार बुधबार बसेको निगम सञ्चालक समिति बैठकले भारतबाट बढेर आएको मूल्यअनुसार समायोजनको निर्णय गरेको हो। बढेको मूल्य राति १२ बजेदेखि लागू हुनेछ। 

प्रवक्ता उपाध्यायका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढेको छ। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११२, डिजेल तथा मट्टितेलको ९५ रूपैयाँ पर्नेछ। 

mभमजबखष्दष्मज बिद दयह बम छअअ दयह बम द्ध
त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रूपैयाँले बढेको उनले जानकारी दिए।

अब खाना पकाउने ग्यासको प्रतिसिलिन्डर मूल्य १ हजार ४ सय रूपैयाँ कायम भएको छ। 

प्रकाशित:
२०७७ माघ २९, ०७:३९
SPA
KN
Priya Gahana Pasal