भागरथी बलात्कार–हत्यामा संलग्न लाई कारबाहीको माग गर्दै धनगढीमा प्रदर्शन (हेर्नुहोस् तस्बिर)

pradrsan
सुदूर प्रेस संवाददाता

धनगढी–बैतडी दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कार–हत्यामा संलग्न अपराधी लाई कारबाहीको माग गर्दै सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा आज प्रदर्शन गर्नुका साथै मुख्यमन्त्री कार्यालय घेराउ गरिएको छ । 

No description available.

दश दिन बित्दा पनि बलात्कारीको पहिचान गर्न नसकिएको भन्दै महिला सङ्घको आयोजनामा धनगढीमा प्रदर्शन तथा मुख्यमन्त्री कार्यालय घेराउ गरिएको हो । धनगढीको पार्क चौक बाट सुरु भएको प्रदर्शन नगर परिक्रमा पछि मुख्यमन्त्री कार्यालय  घेराउ गरेको हो ।

No description available.

कार्यक्रममा सहभागीहरूले बलात्कार पछि हत्या भएको दश दिन बित्दा पनि दोषी पहिचान हुन नसकेको भन्दै यो घटनालाई पनि निर्मला काण्ड जस्तै दबाउन खोजिएको त होइन भन्दै सरकार विरुद्ध आक्रोश व्यक्त गरे । समारोहमा महिला सङ्घकी पूर्व केन्द्रीय अध्यक्ष डिला सङ्ग्रौला,धनगढी उप–महानगर पालिकाकी उप–प्रमुख सुशीला मिश्र भट्ट लगायतले मनतब्य व्यक्त गर्दै दोषी माथि कारबाहीको माग गरे । 

 

No description available.

भागरथी भट्टको बलात्कार पछि हत्या गरिएको १० दिन पुग्दा पनि प्रहरीले हत्यारा समात्न सकेको छैन । हत्यारा पक्राउ नपरे सम्म शब नउठाउने भन्दै उनको शब अहिले सम्म आफन्तले उठाउन मानेका छैनन् । 

No description available.

प्रकाशित:
2021/02/13, 4:22