कैलालीको खानी डाँडामा महिलालाई बेहोस बनाइ लुटपाट गर्ने दुई जना पक्राउ

सुदूर प्रेस संवाददाता

धनगढी–कैलालीको खानी डाँडामा एक महिलालाई बेहोस बनाइ लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

चुरे गाउँपालिका वडा नम्बर–५ खानिडाडामा   होटेल सञ्चालन गरी बस्ने  २७ बर्सिया महिला लाई बदाम जुसमा बेहोस बनाउने औषधि राखेर खुवाइ लुटपाट गर्ने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

महिला बेहोस भएपछि उनले लगाएको २ तोलाको सुनको सिक्री र नदर तिन लाख चोरेर दुवै जना फरार भएका थिए । 

पक्राउ पर्नेमा कालिकोट रास कोट नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष ३४ को सदानन्द धमला र सोही ठाउँ बस्ने बस्ने वर्ष ३५ को प्रकाश शाही लाई पक्राउ गरिएको उनले बताए । धमला लाई धनगढीबाट र शाही लाई कोहलपुरबाट पक्राउ गरिएको हो । 

उनीहरूको साथबाट बेहोस बनाउने ४० वटा ट्याब्लेट पनि प्रहरीले बरामद गरेको छ ।  दुवै जना विरुद्ध चोरी शीर्षकमा मुद्दा दर्ता गरी सम्मानित कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिई  थप अनुसन्धान भई रहेको र निजहरूलाई ज्यान मार्ने उद्योग तर्फ समेत अनुसन्धान भई रहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए । 

यस्तो छ घटना बिबरणः–

मिति २०७७।१०।२६ गते साझ जिल्ला कैलाली चुरे गाउँपालिका वडा नम्बर ५ खानिडाडा स्थित होटेल सञ्चालन गरी बस्ने वर्ष २७ कि महिला लाई पहिला देखी होटेलमा नस्ता खान आई राख्ने आफ्नो नाम प्रकाश बताउने व्यक्ती सँगै २ जना होटेलमा आई खाजा खाई होटेल सञ्चालकलाई बदाम जुस खानु होस भनी खुवाई निज होटेल सञ्चालक बेहोस पश्चात् निजले लगाएको २ तोलाको सुनको सिक्री र नदर रु ३,००,०००।–( तिन लाख) समेत चोरी गरी फरार भएको घटना सम्बन्धमा अनुसन्धान गर्दै जाँदा मिति २०७७।१०।३० गते निम्न स्थान बस्ने निम्न व्यक्ती लाई निम्न स्थानबाट पक्राउ गरी निजहरूको साथबाट बेहोस बनाउने ४० वटा ट्याब्लेट समेत फेला पारी चोरी शीर्षकमा मुद्दा दर्ता गरी सम्मानित कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिई  थप अनुसन्धान भई रहेको र निजहरूलाई ज्या नमार्ने उद्योग तर्फ समेत अनुसन्धान भई रहेको । 

साथै निजहरूले अन्य स्थानमा समेत सोही प्रकारको घटना घटाएको हुन सक्ने भएकोले फोटोहरुको आधारमा निजहरूको पहिचान भएमा यस कार्यालयमा सम्पर्क राख्न हुन समेत अनुरोध गर्दछौ । 

निम्न

१) जिल्ला कालिकोट रास कोट नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष ३४ को सदानन्द धमलालाई धनगढीबाट पक्राउ गरिएको । 

२) ऐ ऐ बस्ने वर्ष ३५ को प्रकाश शाहीलाई वाकेँ कोहलपुरबाट पक्राउ गरिएको । 

जिल्ला प्रहरी कार्यालय कैलाली

 

 

प्रकाशित:
2021/02/17, 7:45