शेयर बजार झण्डै ६० अङ्कले घट्यो

Nepse
सुदूर प्रेस संवाददाता

काठमाण्डाै – नेप्से परिसूचक मङ्गलवार झण्डै ६० अङ्कले घटेको छ । परिसूचक ५९ दशमलव ७ अङ्कले घटेर २ हजार ४ सय ५५ दशमलव ४४ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

मङ्गलवार व्यापार एवम् होटल र पर्यटन क्षेत्रबाहेक अरू समूहको सूचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक ५१९ दशमलव ६७ अङ्कले घटेको छ । व्यापार समूहको सूचक भने २७८ दशमलव ४९ अङ्कले घटेको छ ।

मङ्गलवार ६ अर्ब ११ करोड ९६ लाख ३८ हजार रुपैयाँभन्दा धेरैका एक करोड ३१ लाखभन्दा धेरै कित्ता शेयर किनबेच भएका छन् । बजार घटेको दिन पनि मङ्गलवार साल्ट ट्रेडिङ कर्पोरेशनका शेयर लगानीकर्ताले १० प्रतिशतले बढेकाे छ । 

यस्तै चन्द्रागिरि हिल्स लिमिटेडका शेयर लगानीकर्ताले झण्डै १० प्रतिशत र हिमालयन पावर पार्टनर लिमिटेडका शेयर लगानीकर्ताले झण्डै नाै प्रतिशत कमाएका छन् । नेपाल हाइड्रो डेभलपर्स लिमिटेडका शेयर लगानीकर्ताले भने ७ दशमलव ३१ प्रतिशतले गुमाएका छन् ।   

प्रकाशित:
2021/03/02, 6:16