मालपोत कार्यालय कञ्चनपुरका शाखा अधिकृत घुस रकमसहित पक्राउ

akhtiyar
सुदूर प्रेस संवाददाता

कञ्चनपुर–मालपोत कार्यालय कञ्चनपुरका शाखा अधिकृत सेवाग्राहीसँग घुस लिएको आरोपमा बिहीबार पक्राउ परेका छन् ।

अख्तियारको महेन्द्रनगरस्थित कार्यालयबाट खटिएको टोलीले मालपोत कार्यालयका शाखा अधिकृत लोकराज जोशीलाई सेवा ग्राहीसँग २४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारको महेन्द्रनगरस्थित कार्यालयका सूचना अधिकारी हरिशचन्द्र जोशीले  जानकारी दिए ।

जग्गाको कित्ताकाटका लागि सहजीकरण गरेबापत सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा कार्यालय नजिकैको खाजाघरबाट बिहीबार दिउँसो करिब २ बजे उनलाई नियन्त्रणमा लिएको अख्तियारको महेन्द्रनगरस्थित कार्यालयका सूचना अधिकारी जोशीले जानकारी दिए । शाखा अधिकृत जोशीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित:
2021/03/18, 8:26