नेपाल भारत सीमा नदी महाकालीमा र्‍याफ्टिङ्ग

सुदूरपश्चिमको धार्मिक तथा साहसिक पर्यटनमा मद्दत पुर्‍याउने विश्वास
rapting
सुदूर प्रेस संवाददाता

डडेलधुरा – नेपाल भारत सीमा नदी महाकालीमा र्‍याफ्टिङ्ग सुरु  गरिएको छ । डडेलधुराको परशुराम नगरपालिका–५ परशुराम धाम बाट कञ्चनपुरको खल्ला मछेट्टी सम्म जलयात्रा (र्‍याफ्टिङ्ग) गरिएको छ । परशुराम नगरपालिकाको आयोजनामा विश्व पानी दिवसको अवसरमा सोमबार महाकाली नदीमा र्‍याफ्टिङ्ग गरिएको हो ।

दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर भएर बग्ने महाकाली नदीमा यी मध्ये तिन वटा जिल्लाहरूमा र्‍याफ्टिङ्ग गरिएको छ ।

डडेलधुराको परशुराम नगरपालिका, बैतडीको दशरथ चन्द नगरपालिका र कञ्चनपुरको भीमदत्त नगरपालिकाले र्‍याफ्टिङ्ग गरेका हुन । र्‍याफ्टिङ्गका लागी डडेलधुरामा ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) अन्तरगत सञ्चालित ट्रोसा कार्यक्रमको सहकार्यका साथै बैतडीको रुडेस र कञ्चनपुरको निड्सले सहकार्य गरेका थिए । 

सरकारी तथा गैर सरकारी निकाय, अन्तरदेशिय निजी क्षेत्रहरु संलग्न भई सञ्चालन गरिएको जलयात्रा कार्यक्रमले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने र यस क्षेत्रमा रहेका धार्मिक ऐतिहासिक पर्यटन क्षेत्रमा समेत यसले टेवा पुग्ने परशुराम नगर पालिका प्रमुख भीम बहादुर साउदले बताए ।

यस्तै रुडुकका संस्थापक अध्यक्ष तथा नेपाली कांग्रेशकी नेतृ डा. आरजु राणा देउवाले जलयात्राले  सो क्षेत्रमा बसोबास गर्ने समुदायको जीवनस्तर उकास्न तथा सुदूरपश्चिमको धार्मिक तथा साहसिक पर्यटनमा मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । जलयात्राको निरन्तरताका लागि सम्बन्धित सम्पूर्ण सरोकारवाला निकायहरु लाई उहाँले आग्रह गर्नुभएको छ । 

May be an image of body of waterMay be an image of 4 people, people sitting and body of waterMay be an image of 4 people, people sitting and body of waterMay be an image of nature and body of waterMay be an image of sitting and body of waterMay be an image of 6 people, people sitting and body of water

May be an image of 10 people, people sitting, people standing and body of water

प्रकाशित:
2021/03/22, 8:30