विद्यालय जाँदा भीरबाट लडेर बालिकाको मृत्यु

Death
सुदूर प्रेस संवाददाता

अछाम–भीरबाट लडेर अछामको बान्निगढी जयगढ गाउँपालिका–६ दर्ना चन्डालीकी सात वर्षीया आयुशा ठकुल्लाको मृत्यु भएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार मंगलबार बिहान साढे ८ बजे बिद्यालय जाँदै गरेको अवस्थामा भीरबाटो भन्ने ठाउँबाट लडेर गम्भीर घाइते भएकी थिइन्। गम्भीर घाइते भएकी बालिकालाई प्रहरी टोलीले उद्धार गरी बयलपाटा अस्पताल लैजाने क्रममा बीचबाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। बालिका भीरबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रकाशित:
२०७७ चैत्र १०, ०५:३०
SPA
KN
Priya Gahana Pasal