धनगढी– नेपाली कांग्रेसकी नेतृ तथा पूर्व सांसद डा. आरजु राणा देउवाले आज सेती प्रादेशिक अस्पताल लाई दुई थान अक्सिजन कन्सनट्रेटर प्रदान गर्नु भएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.हेमराज पाण्डेले आरजु राणा देउवा बाट दुई थान अक्सिजन कन्सनट्रेटर प्राप्त भएको जानकारी दिनुभयो ।
अक्सिजन कन्सन्ट्रेटर हावामा भएको अक्सिजनलाई एकीकृत गर्ने एउटा विद्युतीय उपकरण हो । हावामा नाइट्रोजनको मात्रा बढी हुन्छ । करिब ७८ प्रतिशत नाइट्रोजन,२१ प्रतिशत अक्सिजन र अन्य एक प्रतिशत ग्यासहरु हावामा हुन्छन् । कन्सन्ट्रेटरले हावालाई फिल्टर गरेर शुद्ध अक्सिजन निकाल्नेभएकाले आपत्कालीन अवस्थामा अक्सिजन कम भएका बिरामीको उपचारमा यसले सहयोग पुग्ने चिकित्सकको भनाइ छ ।
यस अघि पनि कांग्रेस नेतृ देउवाले अक्सिजन प्लान्ट खरिदका लागि धनगढी उपमहानगरपालिकालाई १० लाख रुपैयाँ आर्थिक सहयोग गर्नु भएको थियो । अक्सिजन प्लान्ट र सिलिन्डर खरिदका लागि उपमहानगरपालिकाले खडा गरेको मेयर कल्याणकारी कोषमा उक्त रकम जम्मा गर्नु भएको हो ।