पछिल्लो २४ घण्टामा ४ हजार ५२४ कोरोना संक्रमित थपिए, ७ हजार २ सय १९ निको

Corona Update
सुदूर प्रेस संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ५ सय २४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १३ हजार ८ सय ५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको थियो । 


यस्तै, ७ हजार २ सय १९ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । यस्तै, १ सय १ जना मृतक थपिएका छन् ।


नेपालमा हालसम्म ५ लाख ७१ हजार १ सय ११ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै, ४ लाख ६१ हजार ५ सय ६३ जना निको भएका छन् । मृतकको संख्या ७ हजार ५ सय ५५ पुगेको छ ।

मुलुकभर हाल सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १ हजार ९९३ छ । तीमध्ये १ लाख १ हजार ९९३ जना आइसोलेसनमा र ८ सय ३७ जना क्‍वारेन्टाइनमा छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं ९६९,ललितपुरमा ३०६ र भक्तपुरमा १८१ गरेर १ हजार ४ सय ५६ जना सक्रिय संक्रमित छन् ।

प्रकाशित:
2021/06/02, 8:02