कैलालीको गौरीगंगामा बृहत् रक्तदान,३९ जनाले दिए रगत

raktadan
सुदूर प्रेस संवाददाता

कैलाली–कैलालीको गौरीगंगा नगरपालिका–८ बढैपुरमा आज बृहत् रक्तदान कार्यक्रम गरिएको छ । पूर्व शिक्षक तथा समाजसेवी नवराज जोशीकी पत्नी स्वर्गीय भुवनेश्वरी जोशीको स्मृतिमा गौरीगंगा–११ स्पोर्टस क्लबले रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा ३९ जनाले रक्तदान गरेका थिए । कोरोना महामारीका कारण रगतको कमी भई बिरामीलाई समस्या नपरोस भन्ने उदेश्यले रक्तदान गरिएको गौरीगंगा–११ स्पोर्टस क्लबका अध्यक्ष दिनेश कलेलले बताए । 

No description available.

प्रकाशित:
2021/06/03, 4:18