कोभिडका प्रहारहरु !

kabita
डा. हेम राज पनेरु
सुदूर प्रेस संवाददाता

कोभिडका प्रहारहरु !

प्रत्येक नयाँ बिरामी भर्नासँगै

गुन्जिरहने निराशाका भावहरु

आत्मीय परिवारजनका भावनाका लहरहरु 

वेदनाका आलाप अनि चित्कारहरु।

सधैँभरि पछ्याइरहेछन 

असङ्ख्य मलिन अनुहारका यादहरु

तैपनि गरिरहेछु जीवन जोगाउने अथक प्रयास

पहिल्याउँदै नियतिका बाटाहरु।

बाध्य छु सहन

समयले नपुरिने घाउका खाडलहरू

प्रत्येक मृत्युले छोडिगएका

बिझाइरहने मुटुका खतहरु

लासका ढेरहरूबीच

कोभिडका प्रहारहरु।

डा. हेम राज पनेरु

उप-प्राध्यापक एवं इन्टेन्सिभिस्ट (आइसियु फिजिसियन), त्रि. वि. शिक्षण अस्पताल काठमाडौँ

प्रकाशित:
2021/06/12, 7:44
SPA
KN
Priya Gahana Pasal