छतबाट छिरेर बिजुली पसलबाट तीन लाख बढीको सामान चोरी

chori
सुदूर प्रेस संवाददाता

कञ्चनपुर– बेदकोट नगरपालिका ९ सुन्दरपुरका दल बहादुर कुँवरको सगरमाथा विजुली एण्ड प्लम्बिङ पसलमा अज्ञात चोरहरुले रु तीन लाख ५० हजार मूल्य बराबरको सामान चोरी गरेर लगेका छन। पसल सञ्चलकले आइतबार बिहान पसल खोलेर हेर्दा समान चोरी भएको पाइएको हो।

कम्प्युटर, सिसिटिभी क्यामेरा, रिसिभर, सोनीको डिएसलआर क्यामेरा, विद्युत् जडानका सामग्री र नगद भारतीय रुपैयाँ २५ हजार चोरी भएको पसल सञ्चालक कुँवरले बताए।

पसलको सटरमा ताला लगाएको भए पनि ग्यालरीभित्रबाट पसल जाने ढोकामा ताला नलगाइँदा रातका बेला चोरी भएको उनको भनाइ रहेको छ।

  ‘पसलको दिनभरको हिसाब किताब गरेपछि ताला लगाउने विचारमा थिएँ’ उनले भने, ‘निद्रा लागेपछि कोठामा सुतेँछु। छतबाट भित्र छिरेर चोरले सामान चोरी गरेर लगेछन्।’

 चोरी बारे प्रहरीले मुचुल्का तयार गरी लगेका छन्। चोरीमा संलग्न भने अहिले सम्म पक्राउ पर्न सकेको छैन।  

प्रकाशित:
2021/06/21, 6:31