कञ्चनपुरमा मोटरसाइकल चोरीमा संलग्‍न खुकुरीसहित पक्राउ

aparadh
सुदूर प्रेस संवाददाता

कञ्चनपुर– मोटरसाइकल चोरी गरी ल्याएका तीन जना कृष्णपुर नगरपालिका २ बाणिबाट बिहीबार खुकुरीसहित पक्राउ परेका छन्।

कैलालीको धनगढीबाट मोटरसाइकल चोरी गरेर ल्याएका कृष्णपुर नगरपालिका २ का रोहित चौधरी, भीमदत्त नगरपालिका १९ बागफाँटाका सुशील चौधरी र अनिल चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। 

प्रहरीले शंका लागेर जाँच गर्दा सुपप्र ०१–००९ प १७९ नम्बरको पल्सर(एक सय सिसि)को मोटरसाइकल चोरी गरी ल्याएको खुलेको छ।

प्रहरीले उनीहरुसित भेटिएको मोटरसाइकल कैलालीको धनगढी उप-महानगरपालिकाका ४ मा बस्दै आएका गणेश बहादुर विकको रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक  सिद्धराज न्यौपानेले बताए।

बुधबार राति १२ बजे मोटरसाइकल चोरी गरेर ल्याएको बुझिएको उनले बताए।  पक्राउ परेका तीनै जनालाई मोटरसाइल र बरामद खुकुरीसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा पठाइएको छ।   

प्रकाशित:
2021/07/17, 8:11