सुदूरपश्चिम प्रदेशमा आज पनि भीषण वर्षा हुने सम्भावना

barsa
सुदूर प्रेस संवाददाता

धनगढी– जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा अनुसार आज लुम्बिनी, गण्डकी र सुदूरपश्चचिम प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको छ। वर्षाका कारण पहाडी  भू-भागमा भू-क्षय र नदी तथा खोलामा पानीको सतह बढ्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

बुधबार बिहान देशभर मौसम बदली रही प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। दिउँसो पनि देशभर मौसम सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भने भीषण वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित:
2021/07/21, 7:50