सुदूरपश्चिमको धनगढी लगायतका क्षेत्रमा भीषण वर्षा,अधिकांश बस्ति डुबानमा

duban
सुदूर प्रेस संवाददाता

धनगढी– सुदूरपश्चिमको धनगढी लगायतका क्षेत्रमा भीषण वर्षा भइरहेको छ । वर्षाका कारण धनगढीका अधिकांश वडा डुबानमा परेका छन् । धनगढीको वडा नं ३ बिशालनगर र वडा नं. २ का अधिकांश घर डुबानमा छन् । कतिपय घर भित्र पानी पसे पछि विस्थापित छन् । 

आज र भाेलि हिजो-अस्तिको जस्तो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । मनसुनको न्यूनचापीय क्षेत्र वायुमण्डलबाट केही तलतिर सरेकाले पानी कम पर्ने अनुमान गरिएको मौसमविद् सजिना शाक्यले बताउनुभयो ।

उहाँका अनुसार मनसुनको न्यूनचापीय क्षेत्र तलतिर सर्दा नेपालमा कम र भारतमा धेरै पानी पर्ने हुन्छ । तर यसले मात्रै मनुसुनी गतिविधिलाई निर्धारण भने नगर्ने मौसमविद्ले बताएका छन् । आज भन्दा भोलि अझ मौसम खुल्ने सम्भावना छ । लगातार झरी नपरे पनि हल्कादेखि मध्यम खालको वर्षा भने हुने मौसमविद् सजिना शाक्यले बताउनुभयो । उहाँका अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना छ ।

काठमाण्डौ उपत्यकामा दिउँसो पछि हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान छ । एक दुई दिन लगातार झरी नपरे पनि यस अघिकै वर्षाले जमिन गलिसकेकाले हल्का पानी पर्दा पनि पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विज्ञको सुझाव छ ।

प्रकाशित:
2021/07/22, 8:22