हरियाली बन्दै कञ्चनपुर, ८ लाख बिरुवा रोपिए (तस्बिर सहित)

biruwa
सुदूर प्रेस संवाददाता

कञ्चनपुर–कञ्चनपुरमा झन्डै ८ लाख बिरुवा रोपिएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरले  सब डिभिजन वन कार्यालयहरु मार्फत आर्थिक वर्ष २०७७/०७८ मा स्थानीय लाई  ८ लाख बिरुवा निःशुल्क वितरण गरेको हो । ७ लाख २० हजार वन प्रजातिका र ८० हजार जडीबुटी प्रजातिका गरी ८ लाख बिरुवा वितरण गरिएको  डिभिजन वन कार्यालय कञ्चनपुरका निमित्त डिभिजनल वन अधिकृत दिनेश कुमार यादवले बताए । 

No description available.

May be an image of standing, outdoors and tree

टिक,मसला, अमला, बकाइनो, सिसौ,खयर, कोइरालो,टाकी,बास, सिरिस,गोल मोहर प्रजातिका ८ लाख बिरुवा वितरण गरिएको निमित्त डिभिजनल वन अधिकृत यादवले जानकारी दिए । वितरण गरिएका बिरुवा विभिन्न सङ्घ–संस्था, सामुदायिक बन, विद्यालय र क्लबहरूले वनको खालि क्षेत्र, सार्वजनिक तथा निजी जग्गामा रोपेका छन् ।  

May be an image of 2 people, people standing, tree and outdoors

वन वातावरण संरक्षणमा पुनर्वास र बेलौरी नगरपालिकाका नागरिक उत्साहित देखिएका छन् । अधिकांशले निजी जग्गामा वृक्षारोपण गरेका छन् । काठ दाउरामा आत्मनिर्भर हुन र आम्दानीको स्रोतको लागि वृक्षारोपणमा  स्थानीय अग्रसर भएको निमित्त डिभिजनल वन अधिकृत दिनेश कुमार यादवले बताए । 

May be an image of 3 people, including Dinesh Kumar Yadav, people standing, tree and outdoors

कञ्चनपुरमा १७८ बटा निजी वन दर्ता भएका छन् । ती मध्ये  १२५  बटा निजी वन पुनर्वास र बेलौरी नगरपालिकामा छन् ।  वन कार्यालय सँगै पुनर्वास नगरपालिकाले बिरुवा उत्पादनमा आर्थिक सहयोग गरेको छ । पुनर्वास नगरपालिकाले एक घर १० बिरुवा वृक्षारोपण गर्ने नीति लिएको छ ।

 

No description available.May be an image of 2 people, people standing, tree and outdoorsMay be an image of 1 person, standing, grass and treeMay be an image of 2 people, people standing, outdoors and tree

 

प्रकाशित:
2021/07/22, 8:45