दार्चुलामा भीरबाट खसेको ढुंगा लागेर ओभरसियरको मृत्यु

death
सुदूर प्रेस संवाददाता

दार्चुला — अपिहिमाल गाउँपालिका–५ मा भीरबाट ढुंगा खसेर एकजना ओभरसियरको मृत्यु भएको छ । निर्माणाधिन मकरीगाड जलविद्युत आयोजनामा कार्यरत ओभरसियर अपीहिमाल गाउँपालिका–३ का २७ वर्षीय गणेशसिह बोहराको माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दका अनुसार मकरीगाड जलविद्युत आयोजनामा खानेपानी लैजान निर्माण भइरहेको पाइप लाइनबाट खसेको ढुंगा लागेर ओभरसियर बोहराको दिउँसो घटनास्थलमै मृत्यु भएको हो ।


खानेपानीको पाइप लाइन निर्माण भइरहेको ठाउमा निरीक्षण गर्न गएका बेला माथिबाट ढुंगा खसेको प्रहरीले जनाएको छ । घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय गोकुलेश्वरको टोली गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित:
2021/07/23, 6:28