सुदूरपश्चचिम प्रदेशका केही ठाउँमा आज पनि भीषण वर्षाको सम्भावना

सुदूर प्रेस संवाददाता

धनगढी– मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चचिम प्रदेशका केही ठाउँमा भीषण वर्षाको सम्भावना रहेको छ। भीषण वर्षा हुने क्षेत्रको पहाडी  भू-भागमा  पहिरो  र नदी तथा खोलामा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

शुक्रबार बिहान देशभर मौसम बदली रही देशभर वर्षा भइरहेको छ। दिउँसो पनि  वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, लुम्बिनि र बागमती प्रदेशका एक-दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूर पश्चिम प्रदेशका एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित:
२०७८ साउन , ०६:४३
SPA
KN
Priya Gahana Pasal