दार्चुलामा अवैध यार्सागुम्बासहित महिला पक्राउ

yarsa
सुदूर प्रेस संवाददाता

दार्चुला –भारतबाट नेपाल भित्र्याउँदै गरेको अवैध यार्सागुम्बासहित प्रहरीले एक महिलालाई पक्राउ गरेका छन् । शुक्रबार पुलमा जाँच गर्ने क्रममा २४० ग्राम अवैध यार्सागुम्बासहित महाकाली नगरपालिका–४ की दिपा महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी प्रवक्ता नरेन्द्रबहादुर चन्दका अनुसार भारतको धारचुलाबाट नेपाल ल्याउँदै गरेको अवस्थामा अवैध यार्सागुम्बा महिलाको साथबाट फेला परेका हुन् । पुलघाटस्थित नेपाल–भारत जोड्ने झोलुंगे पुलमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जाँच गर्दा उनको साथबाट अवैध यार्सागुम्बा बरामद गरिएको हो ।


बरामद २४० ग्राम अवैध यार्सागुम्बा र ती महिलालाई डिभिजन वन कार्यालयमा बुझाएको चन्दले बताए । यसअघि बुधबार ९० ग्राम अवैध यार्सागुम्बासहित पुलघाट सुरक्षाकर्मीले भारतीय नागरिकलाई पक्राउ गरेका थिए ।

प्रकाशित:
2021/07/24, 7:43