टोकियो ओलम्पिकमा चीनको अग्रता कायमै

sports

एजेन्सी– टोकियो ओलम्पिकमा चीनको अग्रता कायमै छ । चीनले अहिलेसम्म ६ स्वर्ण र एक रजतसहित कुल ११ पदक जितेको छ । ओलम्पिकमा जापानले चीनलाई पछ्याइरहेको छ । 

जापानले अहिलेसम्म पाँच स्वर्ण र एक रजत गरी ६ पदक जितेको छ । यस्तै, अमेरिका चार स्वर्णसहित १० वटा पदक जितेर तेस्रो स्थानमा छ । 

दक्षिण कोरियाले दुई स्वर्णसहित पाँच पदक जितेको छ भने रसियन ओलम्पिक कमिटी, इटली, अस्ट्रेलिया, फ्रान्स, हङ्गेरी, ट्युनिसियाले एक/एक स्वर्ण जितेका छन् । त्यसैगरी अस्ट्रिया, इक्वेडर,इरान, कोशोभो, नर्वे, थाइल्यान्ड र उज्वेकिस्तानले पनि एक/एक स्वर्ण पदक जितेका छन् । 

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएकामा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ ।

प्रकाशित:
2021/07/26, 7:28