बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस

bhukamp
सुदूर प्रेस संवाददाता

धनगढी– सोमबार बेलुका बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालका अनुसार सोमबार बेलुका ६ बजेर ४९ मिनेटमा ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो।  

उक्त भूकम्प दार्चुलाको सुनसेरा आसपास भएर गएको केन्द्रले जनाएको छ।  भूकम्पको क्षतीबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।  

प्रकाशित:
2021/07/27, 7:56