कर्णाली नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु

सुदूर प्रेस संवाददाता

धनगढी–कालिकोटमा कर्णाली नदीमा ट्रक खस्दा दुई जनाको ज्यान गएको छ । ट्रक चालक बैतडी भूमिराज गाउँपालिकाका दीपक साउँद र सहचालक बाजुरा जुकोट घर भएका रमेशबहादुर शाहीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी चक्र शाहीले जानकारी दिनुभयो ।

नेपालगञ्जबाट जुम्ला जाँदै गएको ना ७ ख ९५१६ नम्बरको ट्रक कर्णाली राजमार्गमा पर्ने कालिकोटको शुभकालिका गाउँपालिकामा पर्ने एस मोडबाट कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ । 

प्रकाशित:
2021/07/28, 10:52