बँदेल मार्नका लागि छोडिएको तारबाट बैतडीमा करेन्ट लागेर दाजुभाइको मृत्यु

death
सुदूर प्रेस संवाददाता

बैतडी — बैतडीमा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया गाउँपालिका-५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र  १८ वर्षीय अमृत चन्द रहेका छन् ।

बुधबार राति ९ बजेतिर उनीहरूलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए ।


घरभन्दा अलि पर मकैबारीमा जंगली बँदेल मार्नका लागि छोडिएको तारबाट उनीहरूलाई करेन्ट लागेको प्रहरी निरीक्षक ओझाले जानकारी दिए ।

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली खटिएको छ।

प्रकाशित:
2021/08/05, 7:51