दार्चुला–दार्चुला तुइन प्रकरणमा सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ।
छानविन समितिले घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संलग्नता देखिएको प्रतिवेदन दिएपछि सरकारले भारतलाई कूटनीतिक नोट पठाएको हो।
परराष्ट्र स्रोतका अनुसार दार्चुला घटनाबारे भारतलाई कूटनीतिक नोट पठाइएको छ।
तुइन प्रकरणमा गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा गठित समितिले भदौ १५ गते प्रतिवेदन बुझाएको थियो।
दार्चुलामा महाकाली नदी तर्दा तुइन चुँडिएर ३३ वर्षीय जयसिंह धामी १५ साउनमा बेपत्ता भएका थिए।
सो घटनाको छानबिन गर्न १७ साउनमा गृहमन्त्रालयका सहसचिव गौतमको संयोजकत्वमा समिति बनाइएको थियो।
छानविन समितिले प्रतिवेदन दिएको एक सातापछि सरकारले भारतलाई कूटनीतिक नोट पठाएको हो।