आजदेखि मौसममा सुधार, केही स्थानमा वर्षा

wether
सुदूर प्रेस संवाददाता

धनगढी– हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ भने  मनसुन न्यून चापीय रेखा औसत स्थान नजिक रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशका  थोरै स्थानहरूमा हल्का वर्षा भएको छ।

 बिहीबार देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  शुक्रबार र शनिबार पनि देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

प्रकाशित:
2021/09/09, 7:51