तराईका भू-भागमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने

सुदूर प्रेस संवाददाता

धनगढी– देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

शुक्रबार राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा र बाँकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ ।

देशका तराईका भू-भागमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ । जसका कारण सो भू-भागहरूमा तातो हावा (लू) चलिरहेको महाशाखाले जनाएको छ । कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ । तसर्थ, अत्यधिक गर्मी तथा मेघ-गर्जन/चट्याङबाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा अनुरोध गरेको छ ।

प्रकाशित:
2023/06/09, 7:17
SPA
KN
Priya Gahana Pasal