महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा वडाध्यक्ष पक्राउ

जिल्ला अदालतबाट ७ दिनको म्याद थप

दार्चुला — महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा मालिकार्जुन गाउँपालिका–३ का वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । गाउँकै महिलालाई करणी गरेको आरोपमा वडाध्यक्ष मदनसिंह धामीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार वडाध्यक्ष धामी गत माघ २० गते महिलालाई जबर्जस्ती करणी गरी फरार भएका थिए । आफूलाई जबर्जस्ती करणी गरेको भन्दै वडाध्यक्ष धामीविरुद्ध फागुन ५ गते पीडित महिलाले जिल्ला प्रहरी कार्यालय दार्चुलामा जाहेरी दिएकी थिइन् ।

उक्त जाहेरीको आधारमा बुधबार जिल्ला सदरमुकाम खलंगाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए ।

पक्राउ परेका वडाध्यक्ष धामीलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित:
2023/06/09, 7:49