धनगढी–सुदुरपश्चिम प्रदेश सभामा कार्यरत रहेको अधिकृतको नक्कली परिचयपत्र बनाएर कैलालीका एक जना राजनैतिक दलका नेताले युवतिलाई माया जालमा पार्ने गरेको खुलासा भएको छ ।
नेपाली कांग्रेश (विपी) का कैलाली क्षेत्र नं. ५ ख वाट २०७९ सालका प्रदेश सभा सदस्य उम्मेदवार बनेका धनगढी–२ बैयाबेहडीका दीपक राज खैरले सुदुरपश्चिम प्रदेश सभामा कार्यरत रहेको अधिकृतको नक्कली परिचयपत्र बनाएर केही महिला र युवतिहरूलाई विभिन्न प्रलोभन देखाएर जालमा पार्ने गरेका हुन । उनले बनाएको सुदुरपश्चिम प्रदेश सभाको अधिकृतको नक्कली परिचयपत्र र केही अश्लील भिडियो सुदूर प्रेस लाइ प्राप्त भएको छ । यस्तै हर्कतका कारण उनलाई प्रदेशसभामा नेपाली कांग्रेस संदीयदलको कम्प्युटर अपरेटर पद वाट निकालिएको थियो । त्यहाँ वाट निकालिएको झोकमा उनी विपी कांग्रेसमा प्रवेश गरेर उम्मेदवार वनेका थिए । प्रदेश सभाका सुचना अधिकारी युवराज जोशीले उनी अधिकृत नभएको र उक्त कार्ड नक्कली बनाएको बताए ।
हेर्नुहोस नक्कली परिचय पत्र
हाल उनी चार छोराछोरी सहित श्रीमतीलाई छोडेर अर्कैकी श्रीमती लगेर भारत फरार भएका छन् । दैलेख निवासी विवाहित महिला गङ्गा क्षेत्री लाइ लगेर भारतको बैंगलोर भागेपछि उनकी श्रीमती जानकी खैरले कैलाली जिल्ला अदालतमा श्रीमान विरुद्ध बहुविवाहको मुद्दा दायर गरेकी छिन ।
श्रीमानले अर्कैकी श्रीमती भगाएर लगेपछि आफू सहितका चार सन्तानको बिचल्ली भएको उनले बताइन । यस अघि सुदुरपश्चिम प्रदेशसभामा कम्प्युटर अपरेटर पदमा कार्यरत खैरले प्रदेश सभामा कार्यरत अधिकृतको नक्कली परिचय पत्र बनाएका छन । उनले त्यो परिचय पत्र देखाउँदै धेरै युवतिलाई जालमा पार्ने गरेको उनकी श्रीमती जानकीले बताइन । यस अघि पनि युवति सँगै धनगढी चौराहा नजिकको एक होटेलमा भेटेको उनले बताइन । हाल भारतमा रहेका उनले आफ्नो अश्लील भिडियो खिचेर मेरा आफन्तलाई पठाउने र अनावश्यक दुःख दिने गरेका छन् जानकीले भने यसका लागी पनि कारबाहीको काम गर्दछु । उनले आफूलाई सहयोग गरी दिन पनि सबै लाइ अपिल गरेकी छिन् ।
भिडियो हेर्न तलको लिङ्क खोल्नुहोस् ।
https://www.youtube.com/watch?v=tj0EJG6MIJs