धनगढी–कैलालीको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै आह्वान गरिएको आम हडतालका कारण आज सुदुरपश्च्मिको जनजीवन ठप्प भएको छ । बन्दका कारण धनगढी वाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । यातायातका साधन नचल्दा भारतका विभिन्न ठाउँ वाट आएका मानिसहरू धनगढी,अतरीया र महेन्द्रनगरमा अलपत्र छन् । सधैँ बन्दको विरोध गर्ने बस व्यवसायी र उद्योगी व्यवसायीले पनि यने बन्दलाई समर्थन गरेपछि बन्दको झनै प्रभाव परेको हो ।
गत माघ २९ गतेको मन्त्रिपरिषद् बैठक गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । राष्ट्रपतिले जेठ ५ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममा पनि सोही कुरा उल्लेख गरिएको छ । तर नीति तथा कार्यक्रममा उल्लेख गरिएको कार्यक्रम विपरीत बजेट भाषणमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइ एक सय शय्याको अस्पताल सञ्चालन गरिने उल्लेख भएपछि सुदूरपश्चिमवासी आन्दोलित भएका हुन् । उनीहरूले बजेट भाषणको भोलिपल्टै देखि चरणबद्ध आन्दोलन गरी रहेका छन ।
कैलालीको गेटामा अहिलेसम्म साढे ५ अर्ब लागतमा अस्पताल, कलेज, प्रशासनिक र होस्टेलका लागि २७ वटा भवनको निर्माण सम्पन्न भइसकेको छ । अन्य भौतिक निर्माण कार्य पनि लगभग अन्तिम चरणमा छ । तत्काल ६ सय शय्याको अस्पताल सञ्चालन गर्न सकिन्छ । तर सरकारले नीति तथा कार्यक्रममा उल्लेख भएको कुरालाई हटाउँदै कैलालीको गेटामा एक सय शय्याको अस्पतालसहित प्रतिष्ठान सञ्चालन गर्ने निर्णय गरेपछि आन्दोलन गर्न बाध्य हुनु परेको आन्दोलन समितिका संयोजक लोकराज पाण्डेले बताए । मेडिकल माफिएको इशारामा गेटामा विश्वविद्यालय सञ्चालन हुन नदिने षडयन्त्र भएको भन्दै संयोजक पाण्डेले माग पुरा नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन ।
सुदुरपश्चिमबासीको लामो आन्दोलनपछि कैलालीको गेटामा आर्थिक वर्ष २०७३÷७४ मा मेडिकल कलेजका लागि भौतिक संरचना निर्माण गर्न थालिएको थियो । तर सरकारले यसको सञ्चालन मोडालीटि छिन छिन मै फेरबदल गर्न गरेकोमा सुदूरपश्चिमका नागरीक निराश मात्र होइन आक्रोशित भएका छन् ।
सुदूरपश्चिममा स्वास्थ्य सेवाको अवस्था कमजोर छ । विशेषज्ञ उपचारका लागि पनि यहाँका नागरिक काठमाडौं र सीमावर्ती भारतीय अस्पताल पुग्नुपर्ने बाध्यता छ ।
गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग