धनगढी–कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग राखेर आन्दोलन गरी रहेका स्थानीयले आज प्रदेश प्रमुख कार्यालय अगाडी मुख र आँखामा कालो पट्टी बाँधेर धर्ना दिएका छन् ।
विश्वविद्यालय स्थापनाको माग गर्दै बिहान दश बजे देखि एक घण्टा सम्म उनीहरूले प्रदेश प्रमुख कार्यालयको मुलगेटमा नारावाजी गर्दे धर्ना दिएका हुन । प्रदेश सरकार देखि विभिन्न पार्टीका सांसद हरुले यस वारे समर्थन जनाए पनि सरकार वाट आधिकारी निर्णय अझै नभएको भन्दै उनीहरूले आन्दोलन जारी राखेका छन् । सरकार वाट आधिकारीक निर्णय नभएसम्म आन्दोलन नरोक्ने आन्दोलन समितीका संयोजक लोकराज पाण्डेले बताए ।
गत माघ २९ गतेको मन्त्रिपरिषद् बैठक गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । राष्ट्रपतिले जेठ ५ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममा पनि सोही कुरा उल्लेख गरिएको छ । तर नीति तथा कार्यक्रममा उल्लेख गरिएको कार्यक्रम विपरीत बजेट भाषणमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइ एक सय शय्याको अस्पताल सञ्चालन गरिने उल्लेख भएपछि सुदूरपश्चिमवासी आन्दोलित भएका हुन् ।
आजको मिति