धनगढी– मनसुनी प्रणालीको प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल नेपालको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव छ । बाँकी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो आंशिकदेखि सामान्य बदली भई कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्क देखि मध्यम वर्षा हुने पूर्वानुमान छ । मधेस प्रदेशसहित देशका बाँकी पहाडी भू-भागका थोरै स्थान क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भोलि (शुक्रबार) र शनिबार पनि कोशी, बागमती र गण्डकीका केही स्थान तथा बाँकी पहाडी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।
नेपालमा औसत समयभन्दा एक दिन ढिला गरी हिजो (बुधबार) मनसुन भित्रिएको हो । मौसम पूर्वानुमान महाशाखाले कोशी, पूर्वी मधेस, बागमती प्रदेशका अधिकांश भू-भाग र गण्डकी प्रदेशका पूर्वी भू-भागमा मनसुनी प्रणाली आगमन भएको जनाएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/०२/३२ देखि २०८०/०३/०२) जारी समय
हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
हाल मौसमको अवस्था (Present Weather Status)
कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।
२०८० जेठ ३२ गते (बिहीबार)
दिउँसो: कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।साथै मधेश प्रदेश सहित देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
२०८० आषाढ ०१ गते (शुक्रबार)
दिउँसो: कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: कोशी प्रदेश, मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेश सहित बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
२०८० आषाढ ०२ गते (शनिबार)
दिउँसो: कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती: कोशी प्रदेश, मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेश सहित बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श ( Warning / Advisory for next 24 hours)
देशका मध्य तथा पश्चिम तराईका भू-भागहरूमा अत्याधिक गर्मी हुने सम्भावना यथावत् देखिन्छ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेश सहित देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। तसर्थ, अत्याधिक गर्मी, मेघ-गर्जन/चट्याङ्ग तथा वर्षा बाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।