दार्चुला– दार्चुलाको अपिहिमाल गाउँपालिकाको राखुपा लेकमा हिउँमा चिप्लिएर एक जनाको मृत्यु भएको छ ।
यार्सा गुम्बा संकलनका क्रममा अपिहिमाल गाउँपालिका–४ का ओखल्याडीका अन्दाजी ४५ वर्षीय लक्ष्मण सिंह बोहराको घटनास्थलमै मृत्यु भएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार यार्सागुम्बा पाटन पुगेका बोहराको मंगलबार दिउँसो १ बजेतिर हिउँमा चिप्लिएर मृत्यु भएको हो ।