मन्त्री सिंहको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली

बझाङमा दाहसंस्कार गरिँदै

धनगढी–बझाङमा जिप दुर्घटनामा परेर निधन भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली ब्यक्त गरिएको छ । 

धनगढी रङ्गशालामा राखिएको सिंहको पार्थिव शरीरमा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह र सभामुख भीमबहादुर भण्डारीले राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली दिएका हुन । श्रद्धाञ्जली  सभामा प्रदेशका मन्त्रीहरू, निवर्तमान मुख्यमन्त्री, पूर्व मुख्यमन्त्री,पूर्व सभामुख प्रदेश सभा सदस्यहरू, नगरप्रमुख लगायत ठुलो सङ्ख्यामा उपस्थित सयौँ आफन्त, शुभचिन्तक, तथा राजनीतिक दलका नेता कार्यकर्ताहरूले श्रद्धाञ्जली अर्पण गरे । मन्त्री सिंहको पार्थिव शरीर दाहसंस्कार लागि आजै नेपाली सेनाको हेलिकोप्टरबाट गृह जिल्ला बझाङ लगिएको छ । 

दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको बझाङमै मृत्यु भएको थियो । मन्त्री सहितका तीनै जनाको दाहसंस्कार बझाङमै गरिने छ ।

मन्त्री सिंह चढेको जिप डडेलधुराबाट मङ्गलवार बझाङ जाँदै गर्दा बझाङकै केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो ।

No description available.

No description available.No description available.No description available.No description available.

प्रकाशित:
2023/06/21, 2:29
SPA
KN
Priya Gahana Pasal