दार्चुला-गोकुलेश्वर सडक खण्ड अवरूद्ध

सुदूर प्रेस संवाददाता

दार्चुला –गएरातिको वर्षाका कारण सडकमाथिको ढुंगामाटो खसेपछि महाकाली राजमार्गको दार्चुला-गोकुलेश्वर सडक खण्ड अवरूद्ध भएको छ । सडक अवरूद्ध भएपछि लामो तथा छोटो दूरीका यातायात अवरूद्ध भएका छन् । 


उक्त सडक खण्डको महाकाली नगरपालिका ८ असिगडामा माथिबाट भलले बगाएर ल्याएको ढुंगामाटो सडकमा जम्मा भएपछि सडक अवरूद्ध भएको स्थानीय भोजराज जोशीले बताए ।

उनले दार्चुलाबाट महेन्द्रनगरका लागि हिँडेको गाडी बिहानैबाट असिगडामा रोकिएको र स्थानीय रूटमा चल्ने गाडी पनि गन्तव्यमा जान नसकिरहेको जानकारी दिए । नगरपालिकाले छिटो स्काइभेटर लगाएर ढुंगामाटो हटाए सवारी साधन आवतजावत गर्न सजिलो हुने उनको भनाइ छ ।

प्रकाशित:
2023/06/23, 9:16