धनगढी उपमहानगरले ल्यायो १ अर्ब ९३ करोडको बजेट

सुदूर प्रेस संवाददाता

धनगढी –सुदुरपश्चिम प्रदेशको एक मात्र धनगढी उपमहानगरपालिकाले २०८०/८१ को लागि १ अर्ब ९३ करोड ८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । उक्त बजेट उपप्रमुख नन्दकला रानाले नगरसभाको दशौं अधिवेशनमा प्रस्तुत गरिन् । उपप्रमुख रानाद्वारा प्रस्तुत अनुमानित बजेटमा कुल खर्च चालुतर्फ एक अर्ब १७ करोड ४४ लाख ९७ हजार छुट्टाइएको छ । पुँजीगत तर्फ ७५ करोड ६३ लाख २७ हजार खर्च हुने अनुमान गरिएको छ । 


प्रस्तुत बजेटको आयतर्फ आन्तरिक आय ३५ करोड ४३ लाख २० हजार २१८, राजश्व बाँडफाँटतर्फ ६६ करोड ९७ लाख ९२ हजार, अन्तर सरकार वित्तीयतर्फ (संघ) ९२ करोड ८५ लाख, अन्तर सरकार (प्रदेश ) ९३ करोड ८ लाख २४ हजार रुपैयाँ अनुमान गरिएको छ ।

कुल बजेटको पूर्वाधार विकास तर्फ ३६ करोड ८३ लाख ७४ हजार विनियोजन गरिएको छ । क्षेक्रगत कार्यत्रमअर्न्तगत विकासतर्फ कुल बजेटको ९ करोड ६५ लाख ९३ हजार विनियोजन गरिएको छ । यसैगरि समाजिक विकासतर्फ ८५ करोड ३६ लाख, सुशासन तथा अन्तर सम्बन्धतर्फ ५ करोड ६५ लाख ५५ हजार, कार्यालय सञ्चालन तर्फ ५५ करोड ५६ लाख ९५ हजार विनियोजन भएको छ । प्रस्तुत गरिएको बजेट नगरसभाबाट आइतबार नै पारित भएको छ ।

No description available.No description available.

प्रकाशित:
2023/06/25, 5:47