पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

सुदूर प्रेस संवाददाता

धनगढी– काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ ।

मनसुनी वायुको प्रभावले आज दिउँसो कोशी, बागमती , गण्डकी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

साथै कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका धेरै स्थान तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीकोसमेत सम्भावना छ।

राति कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मधेस प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भोलि बुधबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मधेस प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थान तथा बाँकी प्रदेशका तराईका एक-दुई स्थानमा हावाहुरी चल्ने महाशाखाले उल्लेख गरेको छ।

राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना छ।

प्रकाशित:
2023/06/27, 7:33