दाइजो माग्ने रौनियारलाई पाँच दिन हिरासतमा राख्न अनुमति

सुदूर प्रेस संवाददाता

काठमाडौ - दाइजो माग गरेर विवाह रद्द गरेको आरोपमा पक्राउ परेका सुनसरीका अनुराग रौनियारलाई पाँच दिन हिरासतमा राखेर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

 

काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा विवाह चलिरहेकै बेला ५० लाख दाइजो मागेको भन्दै बेहुली पक्षले प्रहरीमा खबर गरेपछि रौनियार पक्राउ परेका थिए । उनले २२ लाख लिइसकेकोले दाइजो लिन नहुने कसुरमा मुद्दा चलाउन लागिएको प्रहरीले जनाएको छ । अमेरिकाको ग्रिनकार्ड लिएको बताउने रौनियारमाथि फौजदारी अपराध संहिताको १७४ बमोजिम कारबाहीका लागि अनुसन्धान भइरहेको छ ।

फौजदारी संहिताअनुसार रौनियारविरुद्धको कसुर पुष्टि भए पाँच वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना अथवा दुवै सजाय हुन सक्छ ।

प्रकाशित:
2023/07/01, 7:55