फ्रान्सका कप्तान एम्बाप्पे भन्छन्- हिंसा अन्त्य गरी शान्तिको बाटो रोजौँ

सुदूर प्रेस संवाददाता

एजेन्सि-फ्रान्सेली राष्ट्रिय फुटबल टिमका कप्तान केलियन एम्बाप्पेले फ्रान्समा पछिल्लो समय भइरहेको हिंसात्मक गतिविधिको अन्त्य गर्नुपर्ने बताएका छन् ।

गत मंगलबार १७ वर्षीय नाहेल एमलाई ट्राफिक स्टपमा प्रहरीले गोली हानी हत्या गरेपछि फ्रान्सका विभिन्न सहरमा हिंसा भड्किएको हो । 

हिंसाले केही कुराको सामाधान नहुने र विरोध प्रदर्शन शान्तिपूर्ण तथा रचानात्मक हुनुपर्ने भन्दै उनले आफ्नो इन्स्टाग्राममा लेखेका छन् । फ्रान्समा गत बिहीबारसम्म ९०० भन्दा बढी प्रदर्शनकारी समातिएका छन् भने त्यहाँको सरकारले हिंसा रोक्न ४५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ । 

उत्तरको लिल र रुबेक्सदेखि दक्षिणी सहर मार्सेसम्म पसलहरु तोडफोड गरिएको छ भने आन्दोलनका कारण सडकहरु बिग्रिएका छन् । सडकमा रहेका सवारी साधनमासमेत आगजनी गरिएको छ। 

फ्रेन्च स्टार एम्बाप्पेलाई गत मार्चमा डिडिय डेस्सोले कप्तानको जिम्मेवारी दिएका थिए । उनले आफ्नो इन्स्टग्राममा फ्रान्सका अन्य नागरिक जस्तै राष्ट्रिय फुटबल टिमका खेलाडी पनि १७ वर्षीय नाहेलको मृत्युप्रति स्तब्ध रहेको बताएका छन् । फ्रान्सको राष्ट्रिय टिममा नाहेलको जस्तै श्रमिक वर्गका परिवारका खेलाडीहरुको बाहुल्य रहेको र सबैको पीडा उस्तै रहेको उनको भनाइ छ । 

एम्बाप्पे आफैँ पनि पेरिसको बोन्डीस्थित एक सामान्य परिवारमा जन्मेमका खेलाडी हुन् । उनले आफ्ना खेलाडीहरु हिंसा सहन नसक्ने यसको प्रतिक्रियामा शोक, सवांद आहन गरि अघि बढ्ने बताएका छन् । 

प्रकाशित:
2023/07/01, 9:24