घरको छतबाट लडेर धनगढीमा महिलाको मृत्यु

सुदूर प्रेस संवाददाता

धनगढी - घरको छतबाट लडेर आज बिहान धनगढीमा एक महिलाको मृत्यु भएको छ।धनगढी उपमहानगरपालिका–३  बिशालनगरकि -३८ वर्षीया दिलसरा सार्कीको आज बिहान मुत्यु भएको हो। सार्की आफ्नै एक तले घरको छतमा सुतिरहेकोमा एक्कासी छतबाट घर अगाडी बरण्डामा खस्नगई घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ। घटना बारे  प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित:
2023/07/01, 11:13