सर्पको टोकाइबाट जोगिन आग्रह

सुदूर प्रेस संवाददाता

काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मी र बर्खायाम लागेसँगै तराईमा सर्पदंशबाट बच्न सुझाव दिएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले तराई क्षेत्रमा विषालु सर्पको बिगबिगी हुने भएकालेजोगिन आग्रह गर्नुभएको छ ।

वरपरको घाँस झारपात काटेर सफा राख्न, घर वरपरका दुलो टाल्न, राति टर्चलाइट लिएर हिँड्न, जुत्ता वा गमबुट लगाउन र गोडा राम्ररी छोप्ने बाक्लो पाइन्ट लगाउन उनले  भनेका छन्। यस्तै पराल, दाउरा आदि लिन जाँदा होसियारी अपनाउने, सुत्नुअघि ओछ्यान, खाटमुनि र वरपर राम्ररी हेर्ने, सधैँ झुल टाँगेर सुत्ने गर्न पनि अधिकारीको आग्रह छ।

सर्पले टोकिहाले डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्ने, सर्पले टोकेको ठाउँमा काट्ने, चुस्ने बाँध्ने नगर्ने तथा मल्हम, टोकेको ठाउँमा रासायनिक पदार्थ तातो–चिसो प्रयोग नगर्ने र बिरामीको आत्मविश्वास कायम राख्ने गर्न पनि भनिएको छ।

यस्तै सम्भव भएसम्म जति सक्दो चाँडो अस्पताल वा सर्प उपचार केन्द्रमा बिरामीलाई पुर्याउनुपर्दछ । यस्तै डस्ने सर्पको पहिचान गरे पनि नमार्न मन्त्रालयले भनेको छ। 

प्रकाशित:
२०८० असार १७, ०६:३५
SPA
KN
Priya Gahana Pasal