धनगढी उडेको जहाजमा समस्या आयपछि श्री एयरलाइन्सका सबै उडान ठप्प

सुदूर प्रेस संवाददाता

धनगढी - श्री एयरलाइन्सका सबै उडान आज बन्द गरिएको छ । शनिबार काठमाडौ बाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राबिधिक समस्या आय पछि सबै उडान आज बन्द गरिएको उक्त कम्पनीले जनाएको छ ।
आज विमान हरुको सम्पूर्ण प्राबिधिक परिक्षण पछि भोलि सोमबार देखि सम्पूर्ण उडानहरु सुचारु गर्ने श्री एयरलाइन्सले जनाएको छ ।

शनिवार काठमाडौंबाट धनगढीतर्फ उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौं फर्किएर अवतरण गरेको थियो ।

दिउँसो साढे ३:३० बजे चालक दलका ४ सदस्यसहित ७८ यात्रु बोकेर उडेको जहाज धनगढी विमानस्थलमा अवतरण गर्नुअघि हाईड्रोलिक फेल भएको थाहा भएपछि काठमाडौं फर्किएको एक यात्रुले बताए । नाईन एन-ए-एनएफ कल साइन भएको उक्त जहाज क्याप्टेन नविन बज्राचार्यले चलाएका थिए ।

यस अघि गत जेठ २३ गते पनि धनगढीका लागि उडेको सोही जहाज प्रेसराईजेसन फेल भएको भन्दै काठमाडौं फर्किएको थियो । 

जहाजमा लगातार समस्या आउन थालेपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाईन्सलाई ग्राउन्डेड गर्ने  निर्णय गरेको हो ।

प्रकाशित:
2023/07/02, 8:04