यस्तो छ आज सुन चाँदीको भाउ

सुदूर प्रेस संवाददाता

काठमाण्डौ – सुन चाँदीको भाउ आज बढेको छ । सुन आज तोलामा ५ सय रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख १० हजार एक सय रुपैयाँ तोकिएको छ ।

यस्तै, चाँदी आज तोलामा १० रुपैयाँले बढेर एक हजार तीन सय ७० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । 

प्रकाशित:
2023/07/02, 11:59