चार प्रदेशमा भारी वर्षाको सम्भावना, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने

सुदूर प्रेस संवाददाता

धनगढी - देशभर आंशिकदेखि सामान्य बदली भई कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा वर्षा भइरहेको छ । मनसुनी वायुको प्रभावले आज पनि देशभर वर्षा हुनेछ ।

दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी र मधेस प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ । 

यस्तै राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना छ। मधेस प्रदेशलगायत बागमती र कोशी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरी चल्ने महाशाखाले जनाएको छ ।

महाशाखाले भारी वर्षा हुने प्रदेशको सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने जनाएको छ । 

भोलि (मंगलबार) दिउँसो देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । कोशी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षा हुँदा मधेस, बागमती र कोशी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीसमेत चल्ने महाशाखाको पूर्वानुमान छ । 

राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुने महाशाखाले जनाएको छ । यस्तै मधेस प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानमा हावाहुरीसमेत चल्नेछ । 

बुधबार पनि देशका केही स्थानमा वर्षा जारी रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुनेछ । मधेस, बागमती र कोशी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरी पनि चल्ने सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ। 

राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुनेछ । मधेस प्रदेश लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थानमा भने हावाहुरीसमेत चल्नेछ । 

प्रकाशित:
2023/07/03, 7:03