सुदूरपश्चिम प्रदेशमा मेघगर्जन र चट्याङ्सहित भारी वर्षाको सम्भावना

सुदूर प्रेस संवाददाता

धनगढी– हाल कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ।

आज दिउँसो सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना छ।

राति कोशी र गण्डकी प्रदेशलगायत देशका तराईका केही स्थानमा तथा बाँकी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षासमेत हुने महाशाखाको पूर्वानुमान छ ।

भोलि (सोमबार) देशभर वर्षा हुनेछ । महाशाखाकाअनुसार सबै प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुनेछ ।

राति सामान्यदेखि पूर्ण बदली भई कोशी र गण्डकी प्रदेशसहित देशका तराईका धेरै स्थानमा तथा बाँकी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना छ।

मंगलबार पनि देशभर वर्षाको सम्भावना छ । कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

राति कोशी प्रदेशलगायत देशका तराईका केही स्थानमा तथा बाँकी भू-भागका थोरै स्थानमा वर्षाको सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुनेछ । मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ।

प्रकाशित:
2023/07/09, 7:34